अब टेलिकमको मोवाइल फोनबाट १२ रुपैयाँमा रातभर कल पाइने

शुक्रबार, मंसिर १३, २०७६ साल,
काठमाडौं । शुक्रबार बेलुका टेलिकमले आफ्नो आधिकारिक फेसबुक पेजमा एउटा प्रेमिल स्टासटसहितको फोटो पोष्ट गर्‍यो । जसमा रातमा सस्तो दरको प्याकेज लिएर आफ्ना प्रियजनसँग अधुरा रहेका बातचित पुरा गर्न भनिएको छ । यो प्याकेज ‘अनलिमिटेड नाइट भ्वाइस’ हो ।

उसले रातभर १२ रुपैयाँमा अनलिमिटेड कल गर्न सकिने प्याकेजको प्रवर्द्धन गर्दै लेखेको छ,’ ‘ठण्डा रातमा तातो कोठाभित्र सोफामा मन्डीले बेरिएर आफ्ना निकटका र प्यारा मान्छेसँग भावनाहरु साट्नु वास्तवमै विशेष अनुभव हुन्छ ।’

यो प्याकेज अन्तरगत राति ११ बजेदेखि बिहान ६ बजेसम्म १२ रुपैयाँमा जति मन लाग्छ उतिबेर कुराकानी गर्न पाइनेछ ।

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411