न्युजील्यान्डमा घर नपाएपछि मानिसहरू रुखमा बस्न थाले

शुक्रबार, मंसिर १३, २०७६ साल,
एजेन्सी । न्युजील्यान्डको नर्थल्यान्डमा मानिसलाई बस्नका लागि घर नभएपछि केही परिवारहरू जंगलमा, छाप्रोमा अनि रुखको हाँगोमा बस्न थालेका छन् ।

नर्थल्यान्ड देशको सबभन्दा गरीब क्षेत्र हो र त्यहाँको औसत आय २३ हजार ४०० न्युजील्यान्ड डलर छ । त्यहाँ ३२ प्रतिशत माओरी जनसंख्या छ जुन देशको अन्य भागको भन्दा दोब्बर हो ।

बिहीवार ह्वांगारेईमा राखिएको एक घरआवास बैठकमा माओरी मामिला मन्त्री नानाइया माहुताले उत्तरी टापु क्षेत्रमा सस्तो घर पाउन अत्यन्तै मुश्किल परेको कुरा सुने । त्यसले गर्दा मानिसहरू रुख, आफैंले बनाएका छाप्रा, पुराना गाडी, थोत्रा भत्केका घर लगायतमा बस्न बाध्य भएका छन् ।

विशेषगरी माओरीका लागि घर पाउन समस्या रहेको माहुताले स्वीकार गरे । सरकारले उपलब्ध गराउने घरको प्रतीक्षासूचीमा ३० प्रतिशतले वृद्धि भएको उनले बताए ।

सरकारले नर्थल्यान्डमा घर बनाउनुलाई प्राथमिकतामा राखेको बताएपनि स्थानीयहरू आफूलाई बेवास्ता गरिएको ठान्छन् ।

नर्थल्यान्ड अहिले न्युजील्यान्डको सबभन्दा बढी वृद्धि भइरहेको प्रान्त हो । अकल्यान्डका मानिसहरूले सस्तो घर पाउन छोडेपछि नर्थल्यान्डमा जमीन किन्ने अनि अकल्यान्ड शहरसम्म गाडीमा ओहोरदोहोर गर्ने विकल्प छान्न थालेका छन् । यसले गर्दा नर्थल्यान्डको जनसंख्यामा २।३ प्रतिशतको वृद्धि भएको छ ।

यसले गर्दा नर्थल्यान्डका स्थानीयहरूका लागि घर किन्न वा भाडामा लिन झन् झन् गाह्रो भएको छ ।

कावाकावा र काइकोहे शहरमा कुनै समयमा गरीबी र आपराधिक समूहका कारण कोही जाँदैनथिए तर अहिले त्यहाँ घरजग्गा कारोबार उल्लेख्य रूपमा बढेको छ । त्यसले गर्दा त्यहाँ शताब्दियौंदेखि रहेका माओरीहरूले घरै किन्न नसक्ने स्थिति आएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411