दुई दिन जोर–बिजोर प्रणाली लागू हुने, कुन दिन कुन गाडी चल्छ ?

बिहीवार, मंसिर १२, २०७६ साल,
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को अवसरमा ट्राफिक व्यवस्थापन गर्न भन्दै ट्राफिक प्रहरीले दुई दिन जोर–विजोर प्रणाली लागू गर्ने भएको छ।

मंसिर १५ गतेदेखि २४ गतेसम्म हुने सागको व्यवस्थापनका लागि भन्दै दुइ दिन जोर विजोर प्रणाली लागू गरिएको प्रहरीले जनाएको छ।

साग सुरक्षाा उपसमितिले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले १५ गते बिजोर र २४ गते जोर नम्वर प्लेटका सवारीसाधन मात्र चल्ने बताए।

जसअनुसार साग उद्घाटनको दिन अर्थात १५ गते बिजोर नम्वरका सवारीसाधन मात्रै संचालन हुने छन् भने समापन हुने दिन २४ गते जोर नम्वर प्लेटका सवारीमात्र संचालन हुनेछन्।

त्यस्तै ठूला मालवहाक सवारीसाधनलाई चक्रपथभित्र प्रवेश नगर्न पनि ट्राफिक प्रहरीले आग्रह गरेको छ। सागको डेलिगेसन कार्ड भएकाहरुका लागि भने यो व्यवस्था लागू हुने छैन।

त्यस्तै हर्नको प्रयोग नगर्न र ट्राफिक नियमको पूर्ण रुपमा पालना गर्न प्रहरीले आग्रह गरेको छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411