टुटल पठाओलाई संरक्षण गरे लड्न तयार छौं : ट्याक्सी व्यावसयी

मंगलवार, मंसिर १०, २०७६ साल,
काठमाडौं । सरकारले टुटल पठाओ जस्ता एप्सलाई संरक्षण गरे ट्याक्सी व्यावसयीहरुले बिद्रोहमा उत्रने चेतावनी दिएका छन्।

मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै टुटल पठाओ जस्ता कानुनले बर्जित गरेका अराजक संस्थालाई एक पटक राज्यले संरक्षण गरेको र फेरी पनि संरक्षण गर्न खोजे सरकारसँगै लड्न तयार रहेको उपत्यका ट्याक्सी व्यावसायी तथ चालक सेवा समाजका महासचिव पुर्णलाल मोक्तानले चेतावनी दिए।

‘हामीले २७ प्रकारको कर तिरेका छौ, यात्रुको बिमा गरेका छौ तर यस्ता टुटल पठाओलाई केही नतिर्दा पनि सरकारले केही नगर्ने,’ उनले भने।

यस्ता सेवा सुचारु भइरहे ट्याक्सी सिंहदरवारमा र मिटर नापतौल विभागमा लगेर थुपारिदिने समाजका अध्यक्ष सानु पर्वछाने मगरले चेतावनी दिए।

‘ट्याक्सीको भाडा ६९ सालदेखि समायोजन नहुँदा ‘हाउमच’ लगाउने र एप्पको नाममा जे पनि गर्ने,’ मगरले भने।

उनले यातायात मन्त्री, यातायात व्यवस्था विभागका महानिर्देशक, ट्राफिक प्रमुख लगायतलाई यातायात व्यवस्था ऐन हेर्न अनुरोध समेत गरे।

टुटल पठाओलाई सेवा दिने भए कर तिरेर, मिटर जोडेर वैधानीक ढंगले आउन मगरले आग्रह गरे।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411