तपाईले मोटरसाइकल र गाडीको नम्बर कसरी लेख्नुभएको छ? कारबाहीमा पर्नुहोला नि !

मंगलवार, मंसिर १०, २०७६ साल,
काठमाडौं । आफू चढ्ने मोटरसाइकल र गाडीको नम्बर प्लेटमा नम्बर कसरी लेख्नुभएको छरु यातायात व्यवस्था विभागले तोकिएबमोजिम लेख्नुभएको छैन भने तपाईं कारबाहीमा पर्न सक्नुहुन्छ।

विभागले सोमबार सूचना जारी गर्दै प्रदेश नम्बरसहितको नम्बर प्लेट भएका अधिकांशले गलत तरिकाले नम्बर प्लेट राखेको बताएको छ। विभागका अनुसार सवारीको अगाडिको प्लेटमा तल र माथि गरी दुई लाइनमा र पछाडिको प्लेटमा ३ लाइनमा नम्बर प्लेटमा लेख्नुपर्ने छ।

यो मापदण्ड अञ्चलको नाममा दर्ता भएका सवारी साधनलाई भने लागू हुने छैन। गत वर्ष दशैंअगाडि मोटरसाइकलको लागि बागमती अञ्चलमा ९९ अंकको नम्बर सकिएको थियो।

त्यसपछि मन्त्रिपरिषदले देश संघीयतामा गइसकेकोले अञ्चलमा अंक थप्नुको सट्टा प्रदेशको नाममा दर्ता गर्ने निर्णय गरेको थियो।

कसरी लेख्ने त नम्बर ?

विभागले नम्बर लेख्ने तरिका पनि सुझाएको छ।

अगाडिको नम्बर प्लेट (दुई लाइनमा)
प्रदेश ३–०२
००२ प ३२३६

पछाडिको नम्बर प्लेट (तीन लाइनमा)
प्रदेश ३–०२
००२ प
३२३६

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411