विश्वप्रसिद्ध संग्रहालयबाट १ खर्ब २६ अर्ब रुपैयाँबराबरको बहुमूल्य गरगहना चोरी

मंगलवार, मंसिर १०, २०७६ साल,
काठमाडौं । पूर्वी जर्मनीमा रहेको विश्वप्रसिद्ध संग्रहालयबाट करिब एक अर्ब युरो बराबरको बहुमूल्य गहना चोरी भएको छ ।

चोरहरुले ड्रेस्डेन ग्रीन भल्टमा रहेको संग्रहालयको झ्याल फुटाएर भित्र पसी अठारौँ शताब्दीमा बनाइएका तीनवटा हीरा, नीलमणि र अन्य पत्थरजडित गहना चोरी गरेका हुन् । चोरी भएका गरगहना झण्डै १ खर्ब २६ अर्ब नेपाली रुपैयाँबराबरको हो ।

यो घटनालाई दोश्रो विश्वयुद्धपछिकै ठूलो कला डकैतीको संज्ञा दिइएको छ । प्रहरीले खोजी कार्यलाई तीबै पारेको छ । यी बहुमूल्य घटनालाई टुक्र्याएर बेचिन सक्ने चिन्ताले अधिकारीहरुलाई त्रस्त पारेको छ । बीबीसी

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411