प्राइम कमर्सियल बैंकको १६ प्रतिशत बोनस दिने घोषणा

सोमबार, मंसिर ९, २०७६ साल,
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले गत आवको वितरण योग्य मुनाफाबाट शेयरधनीलाई चुक्तापूँजीको १६ प्रतिशत बोनस दिने घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समितिको सोमवार सम्पन्न ३८४औं बैठकले उक्त बोनस दिने घोषणा गरेको हो ।

प्रस्तावित बोनस नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीले पाउने छन् ।

हाल बैंकको चुक्तापूँजी रू ९ अर्ब ६८ करोड ६८ लाख ५१ हजार ७०० रहेको छ । बोनस वितरण पश्चात चुक्तापूँजी रू ११ अर्ब २३ करोड ६७ लाख ४७ हजार ९७२ पुग्नेछ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411