आइफोन ११, ११ प्रो र ११ प्रो म्याक्स नेपाली बजारमा, कति पर्छ मुल्य ?

शुक्रबार, मंसिर ६, २०७६ साल,
काठमाडौं । शुक्रबारबाट आइफोन ११, ११ प्रो र ११ प्रो म्याक्स नेपाली बजारमा आएको छ। एप्पलको नेपालका लागि आधिकारिक वितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसनले उक्त आइफोन सार्वजनिक गरेको हो।

६४ जिबी आइफोन एघारको मूल्य १ लाख १० हजार ५ सय रुपैयाँ पर्छ।

१ सय २८ जिबीको १ लाख अठार हजार तीन सय छ। २ सय ५६ जिबीको मूल्य १ लाख ३४ हजार पर्ने कम्पनीले बताएको छ। यो आइफोन कालो, सेतो, पर्पल, हरियो, पहेलो र रातो कलरमा प्राप्त गर्न सकिन्छ।

त्यसैगरी, आइफोन प्रो ६४ जिबीको १ लाख ५७ हजार दुई सय ५० रुपैयाँ पर्छ।

२ सय ५६ जिबीको १ लाख ८० हजार ९ सय रुपैयाँ पर्छ।

पाँच सय १२ जिबीको दुई लाख ११ हजार ८ सय रुपैयाँ पर्छ। यो फोन सिल्भर, ग्रे, सुन कलरमा प्राप्त गर्न सकिन्छ। यस्तै, आइफोन एघार प्रो म्याक्सको ६४ जिबीको मूल्य १ लाख ७२ हजार ८ सय पर्छ।

२ सय ५६ जिबीको १ लाख ९६ हजार ६ सय पर्छ।

पाँच सय १२ जिबीको मूल्य दुई लाख २७ हजार ४ सय रुपैयाँ पर्छ।

यो फोन पनि सिल्भर, ग्रे, सुन र मत्थर हरियो कलरमा पाइने कम्पनीले बताएको छ।

कम्प्नीले एप्पलका उत्पादनमा १ वर्षको वारेन्टिका लागि ग्राहकलाई आधिकारिक च्यानलबाट मात्र खरिद गर्न ग्राहकहरुलाई अनुरोध गरेको छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411