प्रधानमन्त्री निवास बालुवाटारको मुख्य भवन आज भत्काइँदै

बुद्धबार, मंसिर ४, २०७६ साल,
काठमाडौं । बालुवाटारमा रहेको प्रधानमन्त्री निवासको मुख्य भवन आज भत्काइने भएको छ । नयाँ भवनको लागि ट्न्डर आह्वान भइसकेकाले आज भत्काउन लागिएको बालुवाटार स्रोतले जानकारी दिएको छ । डा। तुलसी गिरी प्रधानमन्त्री भएका बेला निर्माण गरिएको थियो । गिरी २०३२ सालमा प्रधानमन्त्री भएका थिए ।

“प्रधानमन्त्रीज्यू राष्ट्रिय सभा अध्यक्षको  निवासमा बस्नुहुनेछ ,” प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भने, “नयाँ भवन बनाउनका लागि टेन्डर पनि आह्वान भएकाले भत्काउन लागिएको हो ।”  उक्त भवन आजै भत्काउन लागिएको उनले जानकारी दिए । नयाँ भवन निर्माणका लागि ३३ करोडमा कन्टेक प्रालि नक्सालसँग सम्झौता भइसकेको छ ।

त्यसयता सूर्यबहादुर थापा, कीर्तिनीधि विष्ट, नगेन्द्रप्रसाद रिजाल, लोकेन्द्रबहादुर चन्द, मरिचमान श्रेष्ठ, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, डा बाबुराम भट्टराई, खिलराज रेग्मी, सुशील कोइराला, केपी शर्मा ओली प्रधानमन्त्री भइसकेका छन् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411