नेपाल टेलिकमको फोरजी सेवा विस्तार, पहिलो पटक २ सय एमबी डाटा र सिम निशुल्क

मंगलवार, मंसिर ३, २०७६ साल,
काठमाडौं ।  नेपाल टेलिकमले नेपालभरका विभिन्न सहरहरुमा फोरजी सिम वितरण, परिवर्तन र स्तरोन्नति गर्ने कार्यलाई अभियानको रुपमा सञ्चालन गरिरहेको छ । कात्तिक २० मा बिर्तामोडबाट सुरू भएको अभियानको पहिलो चरणको अभियान भोलि पोखरामा सम्पन्न हुने भएको हो ।

अभियानमा व्यापक जनसहभागिताको साथ माग अनुसार फोरजी सिम वितरण गरिनुका साथै टुजी(थ्रीजीबाट फोरजीमा स्तोन्नती समेत गरिएको टेलिकमले जानकारी दिएको छ ।

कम्पनीले सातवटै प्रदेशका प्रमुख शहरमा सहुलियत फोरजी सिम वितरण , परिवर्तन र स्तरोन्नती गर्ने कार्यलाई अभियानको रुपमा सञ्चालन गरिरहेको छ ।

कार्यक्रम अन्तर्गत, बिर्तामोड, विरगञ्‍ज, भरतपुर, नेपालगञ्‍ज, सुर्खेत  र महेन्द्रनगरमा सिम वितरण साथै फोरजी सेवाको प्रचारप्रसार  तथा व्यापार उत्साहजनक रुपमा सम्पन्न भएको बताइएको छ ।

टेलिकमका अनुसार पहिले टुजी वा थ्रीजी सिम भएका कम्पनीका ग्राहकलाई फोरजी सेवामा स्तोरन्नती गर्दा दुई सय एमडी डाटा बोनससहित निशुल्क सिम उपलब्ध गराइएको छ ।

फोरजी सेवा सञ्चालन गर्न ग्राहकले मोबाईलमा स्टार १४१५ ह्याज डायल गर्नुपर्नेछ ।  यसरी पहिलो पटक फोरजी सेवा सुचारु गर्दा ग्राहकले २ सय एमबी डाटा बोनस स्वरुप पाउँनेछन् ।

साथै फोरजी सेवा  सुचारु गर्न सिम परिवर्तन गर्नुपरे सोहि अनुसार  ग्राहकलाई अलर्ट म्यासेज आउँछ । हाल कम्पनीले फोरजी सिम निःशुल्क उपलब्ध गराइरहेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411