नेपाल बैंकले शेयरधनीलाई २३ वर्षपछि २५ प्रतिशत लाभांश दिने
सोमबार, मंसिर २, २०७६ साल,

काठमाडौं । नेपाल बैंकले आफ्ना शेयरधनीलाई २३ वर्षपछि लाभांश वितरण गर्ने भएको छ। बैंक सञ्चालक समिति बैठकले मंसिर १ गते सम्पन्न सञ्चालक समिति बैठकले उक्त लाभांश घोषणा गरेको हो।
सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई २५ प्रतिशत लाभांश घोषणा गरेको हो। बैठकले १५ प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित १० प्रतिशत नगद लाभांश घोषणा गरेको हो।
सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।
खराब व्यवस्थापनका कारण निष्कृय कर्जाले थिचिँदा बैंकले २२ वर्षसम्म आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्न सकेको थिएन।