नेपालमा आइफोन इलाभेन, मूल्य १ लाख १० हजारदेखि २ लाख २७ हजारसम्म

आईतवार, मंसिर १, २०७६ साल,
काठमाडौं । एप्पल नेपालका लागि आधिकारिक विक्रेता जेनेरेसन नेक्स्टले आगामी शुक्रबारदेखि आइफोन इलाभेन सार्वजनिक गर्ने भएको छ।

आइफोन इलाभेन, इलाभेन प्रो, इलाभेन प्रो म्याक्स बजारमा आउन लागेको हो।  नयाँ फोन किन्दा इएमआइ सुविधाको सुविधा रहेको छ भने निशुल्क एनसेल डाटा पनि पाइने जेनेरेसन नेक्स्टले जनाएको छ।

आइफोन इभो स्टोर,ओलिज स्टोर, मोबाइल ट्रोन फ्युचर टेक ट्रेड र  फ्युचर वल्र्ड बाट पनि किन्न सकिने छ। आइफोन इलाभेन ६४ जिवीको १ लाख १० हजार ५ सय, १२८ जिबीको १ लाख १८ हजार ३ सय र २५६ जिवीको १ लाख ३४ हजार तोकिएको छ।

त्यस्तै इलाभेन प्रो ६४ जिवीको १ लाख ५७ हजार २ सय ५०, २५६ जिवीको १ लाख ८० हजार ९ सय, र ५१२ जिवीको १ लाख ११ हजार ८ सय रुपैयाँ तोकिएको छ।

११ प्रो म्याक्स ६४ जिवीको १ लाख ७२ हजार ८ सय, २५६ जिवीको १ लाख ९६ हजार ६ र ५१२ जिवीको २ लाख २७ हजार ४ सय रुपैयाँ तोकिएको छ।

नेपाली बजारमा आइफोन इलाभेन सार्वजनिक हुनुअघि नै नेपालमा यसको अवैध तरिकाबाट विक्री वितरण भइरहेको छ।  न्युरोडको इलेक्ट्रिक र क्यामेरा पसल तथा अनलाइनबाट आइफोन बेच्नका लागि राखिएको छ।

आधिकारिक, वारेन्टी भएको फोन जहाँ पायो त्यहाँ नकिन्न जेनेरेसन नेक्स्टले सबैसँग आग्रह गरेको छ। तपाईँ किन्नु भएको आइफोन बैध हो कि अवैध तरिकाबाट ल्याइएको हो जेनेरेसन नेक्स्टको वेभसाइटमा गएर आइएमइआइ नम्बर हालेर हेर्न सकिने छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411