राष्ट्रिय वाणिज्य बैंक प्रथम त्रैमासमा नै १ अर्ब १२ करोड रुपैयाँ नाफामा

शनिबार, कार्तिक ३०, २०७६ साल,
काडमाडौं । राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा नै अर्ब माथि मुनाफा कमाएको छ । बैंकले तिन महीनामा १ अर्ब १२ करोड ७५ लाख ३७ हजार खुद मुनाफा आर्जन गरेको हो । जुन गत आर्थिक वर्षको सोही अवधिको भन्दा ०.७६ प्रतिशतले बढीे  हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ११ करोड ९० लाख ७४ हजार खुद मुनाफा आर्जन गरेको थियो । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब ३० करोड ६३ लाख ११ हजार रहेको छ । बैंकले रेगुलेटरी रिजर्भ बाट ४३ करोड २० लाख रुपैयाँ रिटेन गर्दा खुद मुनाफा भन्दा वितरणयोग्य मुनाफा बढी देखिएकोहो ।

यस अवधिमा १ खर्ब ८७ अर्ब ३६ करोड ७६ हजार निक्षेप रहेको बैंकको आर्थिक वर्षको सोही अवधिको तुलनामा १.४ प्रतिशतले घटेको । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ खर्ब ९० अर्ब ३ करोड १४ लाख ७१ हजार निक्षेप संकलन गरेको थियो । १ खर्ब ४३ अर्ब ३३ करोड ३१ लाख ७९ हजार कर्जा लगानी रहेको छ । जुन गत आर्थिक वर्षको भन्दा शुन्य दशमलव ७८ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ खर्ब ४४ अर्ब ४५ करोड ४६ लाख ४४ हजार कर्जा लगानी गरेको थियो ।

९ अर्ब ४९ करोड ९५ हजार चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा १३ अर्ब ७१ करोड ७१ लाख २७ हजार राखेको छ ।  प्रथम त्रैमासमा बैंकले २ अर्ब २६ करोड ७८ लाख ९०  हजार खुद ब्याज आम्दानी गरेको छ जुन गत आर्थिक वर्षको भन्दा १२.९९ प्रतिशतले कम हो । बैंकले गत आर्थिक वर्षको प्रथम त्रैमासमा २ अर्ब ६० करोड ६४ लाख ४७ हजार  हजार खुद ब्याज आम्दानी गरेको थियो । नेपाल राष्ट्र बैंकले स्प्रेड रेटमा गरेको कडाइको कारण मुख्य आम्दानीको स्रोत खुद ब्याज आम्दानी घटेको हो ।

यस्तै सिसिडि रेसियो ७१.९७ प्रतिशत, पुँजीकोष अनुपात १३.९५ प्रतिशत, खराब ३.५ प्रतिशत रहेको छ । आधार ब्याजदर ६.६ प्रतिशत र ब्याजदर अन्तर स्प्रेड रेट ५.९६ प्रतिशत रहेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411