एनआईसी एशिया बैंकले ३ महिना मै कमायो अर्ब माथि मुनाफा

शनिबार, कार्तिक ३०, २०७६ साल,
काडमाडौं । एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा नै अर्ब माथि मुनाफा कमाएको छ । बैंकले तिन महीनामा १ अर्ब ९६ लाख ५ हजार खुद मुनाफा आर्जन गरेको हो । जुन गत आर्थिक र्वाको सोही अवधिको भन्दा ३४.१३ प्रतिशतले बढीे  हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ७५ करोड २६ लाख ९७ हजार खुद मुनाफा आर्जन गरेको थियो । खुद ब्याज आम्दानीमा कमी आउँदा पनि कर्च कटौतिके कारण बैंकको मुनाफामा वृद्धि भएको छ ।  यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने ४४ करोड ८४ लाख ५१ हजार रहेको छ ।

बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा निक्षेपमा १.३७ प्रतिशतले वृद्धि गर्दै १ खर्ब ७९ अर्ब २४ करोड ४ लाख ८६ हजार पुर्याएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ खर्ब ७६ अर्ब ८२ करोड ६ लाख ८८ हजार  निक्षेप संकलन गरेको थियो । बैंकले गत आर्थिक वर्षको तुलनामा कर्जा लगानी ८.१६ प्रतिशतले वृद्धि गर्दै १ खर्ब ५४ अर्ब २० करोड ३२ लाख १६ हजार पुर्याएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ खर्ब ४२ अर्ब ५७ करोड ४० लाख ५ हजार कर्जा लगानी गरेको थियो ।

९ अर्ब ७१ करोड ७६ लाख ५१ हजार चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा ४ अर्ब ५० करोड ८६ लाख ८० हजार राखेको छ ।  प्रथम त्रैमासमा बैंकले १ अर्ब ८४ करोड १४ हजार खुद ब्याज आम्दानी गरेको छ जुन गत आर्थिक वर्षको भन्दा १.२२ प्रतिशतले कम हो । बैंकले गत आर्थिक वर्षको प्रथम त्रैमासमा १ अर्ब ८६ करोड २७ लाख ८७ हजार  हजार खुद ब्याज आम्दानी गरेको थियो ।

यस अवधिमा बैंकको वार्षिक प्रतिशेयर आम्दानी ४० रुपैयाँ ७८ पैसा रहेको  बैंकको प्रतिशेयर नेटवर्थ १ सय ५३ रुपैयाँ ६१ पैसा रहेको छ । यस्तै सिसिडि रेसियो ७८.३५ प्रतिशत, पुँजीकोष अनुपात १२.३ प्रतिशत, खराब शुन्य दशमलव ०.४५ प्रतिशत रहेको छ । बैंकको खरब कर्जामा वृद्धि भएको हो गत वषर्् बैंकको खरब कर्जा ०.२५ प्रतिशत रहेको थियो ।  आधार ब्याजदर ९।५१ प्रतिशत र ब्याजदर अन्तर स्प्रेड रेट ५.१ प्रतिशत रहेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411