नेपाल इन्भेष्टमेन्ट बैंकले ८४ करोड रुपैयाँ नाफा कमायो

शुक्रबार, कार्तिक २९, २०७६ साल,
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले ८४ करोड ४४ लाख २१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १९.९३ प्रतिशत कम हो। समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा बढेपछि नाफा घट्न पुगेको देखिन्छ।

गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १.२१ प्रतिशत रहेको बैंकको निष्क्रिय कर्जा चालु आर्थिक वर्षको यसै अवधिसम्ममा १.६३ प्रतिशत विन्दु बढेर २.८४ प्रतिशत पुगेको छ। चुक्ता पूँजी स्थिर रहेपनि बैंकको खुद नाफा घटेपछि प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ३८ पैसा घटेर २६ रुपैयाँ २५ पैसा कायम भएको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले १ अर्ब ५२ करोड ७१ लाख खुद ब्याज आम्दानी गरेको छ। जुन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ६ करोड ६५ लाख कम हो। त्यसैगरी, समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ३० करोड ३ लाख घटेर १ अर्ब २० करोड ६३ लाखमा खुम्चिएको छ।

गत आर्थिक वर्षको मुनाफाबाट १०.५ प्रतिशत बोनस शेयर र ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको यस बैंकको चुक्ता पूँजी १२ अर्ब ८६ करोड ९७ लाख रहेको छ। बैंकले जगेडा कोषमा १० अर्ब ४२ करोड ६६ लाख, रिटेन्ड अर्निङ्गमा २ अर्ब ९० करोड ९० लाख र शेयर प्रिमियममा १० करोड ५६ लाख रुपैयाँ सञ्चित गरेको छ।

चालु आवको प्रथम त्रैमाससम्ममा बैंकले १ खर्ब ५१ अर्ब २८ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी १ खर्ब ३० अर्ब ३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ४२ करोड ३७ लाख रुपैयाँ रहेको छ।

गत आवको असोज मसान्तको तुलनामा बैंकको प्रतिशेयर नेटवर्थ ४२ रुपैयाँ ४९ पैसा घटेर २०४ रुपैयाँ ४४ पैसा कायम भएको छ भने मूल्य आम्दानी अनुपात १६.८८ गुणा कायम भएको छ।

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411