हिमालयन बैंकले शेयरधनीलाई २२ प्रतिशत लाभांश दिने

बिहीवार, कार्तिक २८, २०७६ साल,
काठमाडौं । हिमालयन बैंकले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई २२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।

बैंक सञ्चालक समितिको कार्तिक २८ गते सम्पन्न ३७७ औं बैठकले १० प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित १२ प्रतिशत नगद लाभांश घोषणा गरेको हो।

हिमालयन बैंकले गत आर्थिक वर्ष २०७५/०७६ मा २ अर्ब २ करोड २४ लाख रुपैयाँ बराबरको लाभांश क्षमता (२३ प्रतिशत) बनाएको थियो। यसअनुसार बैंकले लाभांश क्षमताको नजिक बिन्दुमा लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

यसैगरि ८ अर्ब ५२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको हिमालयन बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ५१ प्रतिशतले बढेर २ अर्ब ८४ करोड ७० लाख रुपैयाँ पुगेको थियो भने वार्षिक प्रतिशेयर आम्दानी ३३ रुपैयाँ ४१ पैसा कायम भएको थियो।

बैंक सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।

अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा बैंकले ५ प्रतिशत बोनस शेयर र १०.७८ प्रतिशत नगद गरि कूल १५.७८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411