एनएमबी बैंकको ‘पूर्व स्वीकृत आवास कर्जा’ सुविधा आरम्भ

बुद्धबार, कार्तिक २७, २०७६ साल,
काठमाडौं । एनएमबी बैंकले ‘एनएमबी पूर्वस्वीकृति आवास कर्जा’ (एनएमबी प्रिअप्रुभ्ड होम लोन) सुविधा आरम्भ गरेको छ ।

अब आवास कर्जा प्राप्त गर्न इच्छुक ग्राहकहरूले आफूले किन्न लागेको सम्पत्ति छान्नुपूर्व नै आफ्नो ऋणको सीमा स्वीकृति प्राप्त गर्नसक्ने छन् । आवश्यक ऋणको सीमा स्वीकृति व्यक्तिको भुक्तानी क्षमतामा आधारित हुनेछ, जुन खरिद गर्न लागिएको धितोको पूर्व(मूल्यांकन नगरिकनै कायम गरिनेछ ।

‘यो कर्जा सुविधाले ग्राहकहरूको कर्जा प्राप्त गर्न योग्य हुँदाहुँदै पनि कर्जा सीमा सम्बन्धमा अनुभव गर्दै आउनुभएको अन्योल मेटाउने छ तथा उहाँहरूको आयको आधारमा घरघडेरी अधिकतम उपयुक्त विकल्प प्राप्त गर्नका लागि सहजीकरण गर्नेछ । यो नवीतम सुविधाले सम्पत्ति खरिद गर्दा सही सूचनायुक्त निर्णय लिन मद्दत गर्नेमा हामी विश्वस्त छौं,’ बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

हाल एनएमबी बैंकको देशभरि १६३ शाखाहरू, १२८ एटीएम र ५ एक्सटेन्सन काउन्टरहरूको सञ्जाल रहेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411