एनसेलले १ रुपैयाँमा कल गर्न मिल्ने ‘अल नेट भ्वाइस प्याक’ ल्यायो

बुद्धबार, कार्तिक २७, २०७६ साल,
काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले ‘अल नेटवर्क भ्वाइस प्याक’ अफर संचालनमा ल्याएको छ। यस अन्तर्गत ग्राहकले कर बाहेक प्रति मिनेट १ रूपैयाँमा देश भित्रको सम्पुर्ण नेटवर्कमा कल गर्न सक्छन् ।

यो अफर बाहेक विद्यमान शुल्क अनुसार एनसेलका ग्राहकले अन्य सेवा प्रदायकको नेटवर्कमा कल गर्दा कर बाहेक प्रति मिनेट १.९९ लाग्नेछ।  यो अल नेट भ्वाइस प्याक मंगलबारदेखि संचालनमा आएको हो।

यस प्याक अन्तर्गत ग्राहकले २० मिनेटको अल नेटवर्क टक टाइम ९देशका अन्य कुनै पनि टेलिकम सेवा प्रदायकको नेटवर्कमा कल गर्न मिल्ने० कर बाहेक २० रूपैयाँ ९कर सहित रु २५।५४० मा लिन सक्छन्। एनसेलले पहिलो पटक यसरी देश भित्रको अन्य नेटवर्कमा सुलभ दरमा कल गर्न सकिने अफर ल्याइएको दाबी गरेको छ।

यो प्याक सुचारु गर्न चाहने एनसेलका ग्राहकले एष्ट्रिक्स१७११८एष्ट्रिक्स७ह्यास डायल गर्नुपर्नेछ। प्याक सुचारु गरेपछि २४ घण्टाका लागि मान्य हुनेछ। यो अफर माघ २६ गते सम्म संचालनमा रहने छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411