नेपाल इन्भेष्टमेन्ट बैंकको १९ प्रतिशत लाभांश घोषणा

बुद्धबार, कार्तिक २७, २०७६ साल,
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षबाट आधा मात्र लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंक सञ्चालक समितिको कार्तिक २७ गते बिहान गते सम्पन्न ५२२ औं बैठकले प्रतिशत १०.५ बोनस र बोनसमा लाग्ने कर सहित ८.५० प्रतिशत नगद लाभांश गरि कूल १९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

बैंक सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।

वाणिज्य बैंकहरु यसअघि राम्रो लाभांश वितरण गर्दै आएको बैंकको गत आर्थिक वर्षमा मुनाफा र वितरणयोग्य नाफा ह्वात्तै घटेसँग सञ्चालक समितिले लाभांशदर समेत २१ प्रतिशतले घटाएर प्रस्ताव गरेको हो।

अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा बैंकले १८ प्रतिशत बोनस शेयर र २२ प्रतिशत नगद गरि कूल ४० प्रतिशत लाभांश वितरण गरेको थियो।

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411