युट्यूब तथा सामाजिक सञ्जालमा भाइरल अघोरी बाबा पक्राउ

सोमबार, कार्तिक २५, २०७६ साल,
काठमाडौं । युट्यूब तथा सामाजिक सञ्जालमा ‘अघोरी बाबा’को रुपमा चर्चित बनेका विजय केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

केसीमाथि ठगी आरोपमा उजुरी परेपछि महानगरीय प्रहरी बृत्त बौद्धले उनलाई नियन्त्रणमा लिएको हो ।

‘लाइफ ड्यामेज बाबा’को रुपमा चर्चित केसीले केही व्यक्तिलाई विदेश पठाइदिन्छु भन्दै ठगी गरेको उजुरी परेको प्रहरीले जनाएको छ ।

केसीसँगै उनकी पत्नीलाई पनि सोधपोछका लागि बोलाइएको प्रहरीले जनाएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411