सेयर बजारमा झिनो गिरावट, २९ करोड रुपैयाँको कारोबार

आईतवार, कार्तिक २४, २०७६ साल,
काठमाडौं । साताको पहिलो दिन सेयर कारोबार मापन गर्ने नेपाल स्टक एक्सचेन्ज -नेप्से परिसुचकमा झिनो गिरावट आएको छ । आज नेप्से ०.१८ अंकले घटेर एक हजार एक सय ३१.८० पुगेको हो । नेपसे घटेको दिन सेन्सिटिभ इन्डेक्स्ट भने ०.६९ अंकले बढेर २४९.०१ मा पुगेको हो ।

नेप्से घटेको दिन बजारमा कारोबारमा आएका १६३ कम्पनीका १० लाख ८ हजार ८०९ कित्ता सेयर २९ करोड ३१ लाख ४९ हजार ४४ रुपैयाँमा कारोबार भएको हो । यस दिन कारोबारमा आएका ११ वटा समूहगत उपसुचक मध्ये पाँच समूह उकालो लागे भने ६ समूह ओरालो लागे  । उकालो लाग्नेमा उत्पादनमुलक समूह सर्वाधिक  ९.६७ अंकले उकालो लाग्यो भने जीवन बिमा समूह सर्वाधिक ३९.३७ अंकले ओरालो लाग्यो ।

आज बजारमा एनएमबी बैंकको सेयरको कारोबार सबैभन्दा धेरै भयो । कम्पनीको सेयर ५ करोड ७४ लाख ३१ हजार ७१९ रुपैयाँमा कारोबार भएको हो ।

यस दिन सपोर्ट माइक्रो  फाइनान्स्का लगानीकर्ताले सर्वाधिक ४.४६ प्रतिशत सेयर मूल्य कमाए । त्यसैगरी, रैराङ हाईड«ो पावरका लगानीकर्ताले सर्वाधिक ४.८० प्रतिशत सेयर मूल्य गुमाए ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411