सिटिजन्स बैंकले कर्मचारी माग्यो, कुन पदमा कति जना चाहियो ?

आईतवार, कार्तिक २४, २०७६ साल,
काठमाडौं । सिटिजन्स बैंकले विभिन्न तहमा करिब ३ दर्जन कर्मचारी माग गरेको छ । बैंकले आइतबार सूचना प्रकाशित गर्दै काठमाडौ उपत्यकाभित्र र बाहिरका लागि असिस्टेन म्यानेजरदेखि टेनी असिस्टेनसम्मका पदमा आवेदन खुलाएको हो ।

प्रकाशित सूचना अनुसार बैंकले असिस्टेन म्यानेजर १ जना, कर्णाली प्रदेशका लागि सिनियर अफिसररअसिस्टेन म्यानेजर १ जना, केही ब्राञ्च म्यानेजर, बिराटनगरका लागि सिनियर अफिसररअसिस्टेन म्यानेजर १ जना, कास्कीका लागि १ जना सिनियर अफिसररअसिस्टेन म्यानेजर, घोराही, जाजरकोट र मोरङ कञ्चनवाडीका लागि ३ जना अफिसर माग गरेको छ ।

त्यस्तै, बैंकले उपत्यका बाहिरका विभिन्न जिल्लाहरुका लागि ९ जना जुनियर अफिसर, २ जना सुपरभाइजर, बैंकका विभिन्न विभागमा केही जुनियर अफिसर, केही म्यानेजमेन्ट ट्रेनी र ट्रेनी असिस्टेनहरु माग गरेको छ ।

सबै पदका लागि बैंकले तोकेको योगता पुगेका इच्छुक आवेदकले बैकको वेवसाइटमार्फत् मंसिर ८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411