उपल्लो मुस्ताङमा हिउँ पर्न थाल्यो, जनजीवन प्रभावित

शुक्रबार, कार्तिक २२, २०७६ साल,
ठिनी । उपल्लो मुस्ताङमा शुक्रबार बिहानदेखि हिउँ पर्न थालेको छ । दामोदरकुण्ड लोघेकर र लोमान्थाङ गाउँपालिकामा यो वर्ष पहिलोपटक हिउँ परेको हो । चराङ, मराङ, लोमान्थाङ, छोसेर र छोन्हुपमा हिउँ परेको दामोदरकुण्ड लोघेकर गाउँपालिका–१ चराङका वडाध्यक्ष टसी ढुण्डुक ठकुरीले बताए ।

चराङमा बिहानसम्म पानी परिरहेको उनले बताए । पानी र हिमपातका कारण चिसो बढेको छ । जनजीवन प्रभावित भएको छ । डाँडाहरुमा बाक्लो हिउँ जमेको छ । बस्तीमा दुई÷तीन सेन्टिमिटर बाक्लो हिउँ जमेको छ ।

चिसो र हिमपातका कारण निर्माणाधीन बेनी–जोमसोम–कोरलालगायत विकास आयोजना प्रभावित भएका छन् । चिसो छल्न उपल्लो मुस्ताङका बासिन्दाहरु बेँसी झर्न थालेका छन् । पोखरा, काठमाडौँ, चितवन, बुटवललगायतका ठाउँमा जान थालेका छन् ।

घरमा कुरुवालाई राखेर न्यानो ठाउँतर्फ गएका उपल्लो मुस्ताङका बासिन्दा गर्मी बढ्न थालेपछि फागुनमा घर फर्कन्छन् । उनीहरुले घुम्ती व्यापार पनि गर्छन् । रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411