एन आई सी एशिया बैंक र युनियनपेबीच सहकार्यको सुरुवात

मंगलवार, कार्तिक १९, २०७६ साल,
काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडले युनियनपे इन्टरनेशनलको सहकार्यमा एनआईसी एसिया युनियनपे भर्चुअल कार्डको प्रयोगबाट भुक्तानी गर्ने गरी भुक्तानी प्रणालीको शुरुवात गरेको छ । 

एन आई सी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र युनियनपे इन्टरनेशनलका अध्यक्ष चाई जियानबोको आतिथ्यतामा नेपालमा आधिकारिक रुपमा युनियनपे भर्चुअल कार्डको सुरुवात गरिएको थियो ।

उक्त कार्यक्रममा युनियनपे इन्टरनेशनल र एन आई सी एशिया बैंकका उच्च पदाधिकारीहरुको सहभागिता रहेको थियो ।  सो सेवालाई बैंकले आफ्नो मोबाइल बैंकिङ्ग सेवासँग एकिकृत गरी छिट्टै ग्राहक महानुभावहरु सामु लैजाने योजना बनाएको छ ।

साथै, यस सुरुवातले नेपालको डिजिटल भुक्तानी प्रणालीमा सुदृढीकरण हुने विश्वास बैंकले लिएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411