एनआईबिएल युनियनपे कार्ड प्रारम्भ

मंगलवार, कार्तिक १९, २०७६ साल,
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र चाईनाको युनियनपे अन्तर्राष्ट्रिय कम्पनीको सहकार्यमा एनआईबिएल युनियनपे कार्ड प्रारम्भ हुने भएको छ।

नेपाल इन्भेष्टमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र युनियनपे अन्तर्राष्ट्रिय कम्पनीका अध्यक्ष चाय जियाङबोबीच एनआईबिएल युनियनपे कार्ड तथा प्रोडक्टहरु नेपाली बजारमा निकट भविष्यमा प्रारम्भ गर्ने सहमती भएको हो।

बैंकले आफ्ना चाईना भ्रमणमा जाने ग्राहक र चाईनाबाट नेपाल भ्रमणमा आउने पर्यटकलाई लक्षित गरी हाल युनियनपे डेविट, क्रेडिट, प्रिपेड ट्राभल कार्ड उपलब्ध गराउँदैछ।

साथै क्युआर कोडमार्फत् पनि भुक्तानी गर्न सकिने सुविधा प्रारम्भ गर्न लागिएको बैंकले जनाएको छ।

नेपाल इन्भेष्टमेन्ट युनियनपे कार्डमार्फत् सजिलै एटिएम मेसिनबाट नगद निकाल्न सकिनेछ भने सेवा प्रयोग, सामान खरिद, होटेल, रेष्टुरेन्टको रकम भुक्तानी गर्दा यो कार्डबाट आर्थिक कारोबार गर्न सकिनेछ।

नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत पाण्डेले नेपाल सरकारद्वारा आयोजित नेपाल भ्रमण वर्ष २०२० लाई पनि लक्षित गरी यो सहकार्य बताए।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411