ग्लोबल आईएमई बैंकले ३ महिनामा ४० प्रतिशत बढायो नाफा

मंगलवार, कार्तिक १९, २०७६ साल,
काठमाडौं । ग्लोबल आईएमई बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासिक अवधिमा ७५ करोड ३१ लाख ४४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यो गत आवको यसै अवधिको तुलनामा ४०.५५ प्रतिशतले धेरै हो। गत आवको असोजमा बैंकको मुनाफा ५३ करोड ५८ लाख ४५ हजार रहेको थियो।

बैंकको गत आवको पहिलो त्रैमासमा १ अर्ब २० करोड ८ लाख ९९ हजार ४४ रुपैयाँ रहेको खुद ब्याज आम्दानी चालु आवको सोहि अवधिमा आउँदा १ अर्ब ५६ करोड ४७ लाख २७ हजार २७ रुपैयाँ रहेको छ । यस्तै सञ्चालन मुनाफा पनि ७५ करोड ३१ लाख ७२ हजार ९८५ रुपैयाँ रुपैयाँबाट बढेर चालु आवको पहिलो त्रैमासमा आईपुग्दा १ अर्ब ४ करोड २३ लाख ७४ हजार ६९ रुपैयाँ रहेको छ ।

१० अर्ब ४३ करोड ६५ लाख १५ हजार ९५९ रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब १ करोड ३२ लाख २६ हजार ५१८ रुपैयाँ रहेको छ । १ खर्ब २८ अर्ब ९९ करोड २ लाख ३३ हजार ३० रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १ खर्ब १८ अर्ब ४८ करोड ७१ लाख ८० हजार ३६३ रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा पनि १।०५ प्रतिशतबाट घटेर ०.८५ प्रतिशतमा झरेको छ । २८ रुपैयाँ ८७ पैसा प्रति सेयर आम्दानी रहेको बैंकको प्रति सेयर नेटवर्थ १६५ रुपैयाँ ७० पैसा रहेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411