नेकपाले प्रदेश प्रमुखका लागि सिफारिस गर्यो ७ जनाको नाम (नामावलीसहित)
सोमबार, कार्तिक १८, २०७६ साल,

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले रिक्त प्रदेश प्रमुख नियुक्तिका लागि सरकारलाई नामहरू सिफारिस गर्ने निर्णय गरेको छ ।
बालुवाटारमा सोमवार बसेको सचिवालय बैठकले ७ वटै प्रदेशको प्रमुखका लागि ७ जनाको नाम सिफारिस गरेको हो ।
उनीहरूका लागि प्रदेश भने सरकारले नै तोक्ने नेकपा महासचिव विष्णुपौडेलले सञ्चारकर्मीमाझ भने ।
- अमिक शेरचन
- सोमनाथ प्यासी
- तिलक परियार
- विष्णु प्रसाईं
- धर्मनाथ यादव
- शर्मिला त्रिपाठी
- गोविन्द कलौनी