​क्लिन भिलेज माइक्रो फाइनान्सको आइपिओ खुल्यो, ५० कित्तादेखि १ हजार कित्तासम्म आवेदन दिन सकिने

बिहीवार, आषाढ ३, २०७२ साल,
काठमाडौं । कास्कीको हेम्जामा केन्द्रीय कार्यालय रहेको क्लिन भिलेज माइक्रोफाइनान्सले असार ३ गतेदेखि सय रूपैयाँ अंकित दरका १ लाख २० हजार कित्ता सेयर  प्राथमिक सेयर निस्कासन सुरू गरेको छ ।

सेयरका लागि न्युनतम ५० कित्ता र अधिकतम एक हजार कित्तासम्म आवेदन दिन सकिने सेयर निस्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ ।

निस्कासित सेयरमध्ये ४ हजार ८ सय कित्ता आफ्ना कर्मचारी र ६ हजार कित्ता सामूहिक लगानी कोष कम्पनीहरुका लागि छुट्याइएको छ । बाँकी सेयरमा मात्र सर्वसाधारण्ले आवेदन दिन पाउछन् ।

२०६९ चैत्रबाट औपाचारीक कारोबार थालेको यो कम्पनीले विभिन्न १५ जिल्लामा कारोबार गर्दे आएको छ । साधारण सेयर जारीपछि कम्पनीको चुक्ता पुजी चार करोड रुपैयाँ पुग्नेछ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411