बाग्लुङमा केन्द्रबिन्दु भएर भुकम्प गयो

शुक्रबार, कार्तिक १५, २०७६ साल,
काठमाडौं। पश्चिम बागलुङको तमानखोला गाउँपालिकाको खुनखानी नजिकै केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । शुक्रबार बिहान ३ बजेर ५१ मिनेटमा ४.५ रेक्टरस्केलको भुकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्प मापन केन्द्रका अनुसार २०७२ साल बैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्र बिन्दु बनाएर गएको बिनाशकारी भुकम्पपछि गएका पराकम्पन भन्दा फरक रहेको छ ।

यसरी पटक–पटक स–सना पराकम्पन जानुमहाभूकम्पको शक्ति क्षयीकरण भएकाले यसलाई राम्रो हिसाबले हेर्नु पर्ने केन्द्रले बताएको छ ।

भुकम्पको कम्पन पर्वत लगायतका बिभिन्न छिमेकी जिल्लाहरुमा समेत महशुस भएको बताइएको छ । क्षतिको बारेमा पुर्ण विवरण आउन भने बाँकी नै छ ।

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411