तिहारपछि खुलेको शेयर बजार ३ अंकले घट्यो, २५ करोडको कारोबार

बिहीवार, कार्तिक १४, २०७६ साल,
काठमाडौं । तिहारपछि खुलेको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज  घटेर सुरु भएको छ। आज नेप्से ३.१७ अंकले घटेको हो।

११४९।४९ बाट कारोबार सुरु भएको आज ११४६.१७ अंकमा पुगेर रोकिएको छ। तर, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ सूचक भने ०.०३ अंकले बढेको छ।

१ सय ५५ कम्पनीको शेयर करोबार भएको आज १ लाख ६० हजार कित्ता शेयर खरिद विक्री हुँदा २५ करोड ४३ लाख १२ हजार रुपैयाँ बराबरको कारोबार भयो। आज उपसुचकहरु भने मिश्रीत देखिएको छ।

सबैभन्दा बढी उत्पादन समूहको शेयर १३.९६ अंकले बढ्यो। यस्तै होटल ६।९९, अन्य समूह २.५१ तथा विकास बैंक १.९७ अंकले बढ्दा बाँकी सबै उपसूचक घटे। कारोबारको हिसाबले आज सबैभन्दा बढी प्राइम कमर्सियल बैंकको प्रमोटर शेयरको कारोबार भयो ।

उक्त बैंकको शेयर ६ करोड ३ लाख रुपैयाँ बराबरको भयो । यस्तै मेगा बैंकको २ करोड २२ लाख ७६ हजार रुपैयाँ बराबरको कारोबार भयो।

आज सबैभन्दा बढी कमाउनेमा ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता छन् भने सबैभन्दा बढी गुमाउनेमा नविल इक्विटी फन्डका लगानीकर्ता छन्।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411