कृष्णनगरमा गोली लागेर एक जनाको मृत्यु, स्थिति तनावग्रस्त, कर्फयू लाग्यो

बिहीवार, कार्तिक १४, २०७६ साल,
कपिलवस्तुको सीमा नाका कृष्णनगरमा प्रहरीको गोली लागेर एक व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय सुरज पाण्डे छन् । लक्ष्मी पूजाको मूर्ती विर्सजन गर्ने क्रममा दुई पक्षबीच विवाद हुँदा हिजो बेलुकादेखि कृष्णनगर तनावग्रस्त बनेको थियो ।

तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालयले कर्फयू आदेश जारी गरेको छ । बिहान ११ बजेदेखि अर्को आदेश नहुनजेलसम्मको लागि प्रशासनले कफ्र्यू आदेश जारी गरेको हो ।

प्रदर्शनका क्रममा केही घाइते समेत भएका छन् । प्रदर्शन चर्किएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन आज ३५ राउण्डभन्दा बढी हवाई फायर र लाठीचार्ज गरेको छ ।

प्रदर्शनकारीले आज कृष्णनगर बसपार्कमा रहेको पुलिस बिट समेत जलाइदिएका छन् । अहिले कृष्णनगरमा बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

लक्ष्मीको मूर्ति विर्सजन गर्न बनाइएको बाटो छाडेर अर्को बाटो प्रयोग गरेको निहुँमा विवाद बढेको प्रहरीले जनाएको छ ।

कफ्र्यू आदेश जारी भएपनि प्रदर्शनकारीले समुह बनाई प्रदर्शन गरिरहेका छन् । 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411