टी२० वरियतामा नेपाल एक स्थान उक्लियो

बुद्धबार, कार्तिक १३, २०७६ साल,
काठमाडौं । आईसीसीले जारी गरेको टी२० क्रिकेटको नयाँ वरियातामा नेपाल एक स्थान माथि उक्लिएको छ । ११ कात्तिकमा जारी गरिएको वरियतामा नेपाल १२औँ स्थानमा छ ।

नयाँ वरियतामा टेस्ट मान्यता प्राप्त आयरल्याण्ड १४औँ स्थानमा छ । नेपालभन्दा माथि ११औँ स्थानमा जिम्बाब्बे छ । नेपालको ठीक मुनि १३औँ स्थानमा युएई छ ।

टि२० वरियताको पहिलो स्थानमा पाकिस्तान छ । दोस्रोदेखि १०औँ वरियतामा क्रमशः इङ्ल्याण्ड, दक्षिण अफ्रिका, अष्ट्रेलिया, भारत, न्यूजिल्याण्ड, श्रीलंका, अफगानिस्तान, बंगलादेश र वेष्ट इण्डिज छन् ।

आईसीसीले ८६ देशलाई टी२० वरियतामा समेटेको छ । अन्तिम स्थानमा गिब्राल्टर छ । एसियाली देशमा ओमान १५औँ, हङकङ २०औँ, कतार २१औँ, सिंगापुर २२औँ, साउदी अरेबिया २४औँ स्थानमा छन् । अन्य देशमा अमेरिका ३३औँ, मलेसिया ३९औँ, जापान ५८औँ, दक्षिण कोरिया ७०औँ र चीन ८१औँ स्थानमा छन् ।

एक दिवसीयको वरियतामा नेपाल १७औँ स्थानमा छ । एक दिवसीय वरियता पाएका २० देशमध्ये नेपालभन्दा तल क्रमशः अमेरिका, युएई र पपुवा न्यू गिनी छन् ।

नेपालभन्दा माथि १६ औँ स्थानमा ओमान छ । आगामी माघमा त्रिकोणीय एक दिवसीय प्रतियोगिताका लागि ओमान र अमेरिका नेपाल आउँदैछन् ।

एक दिवसीयको पहिलो नम्बरमा इङ्ल्याण्ड छ । दोस्रो देखि १०औँ सम्म क्रमशः भारत, न्यूजिल्याण्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, पाकिस्तान, बंगलादेश, श्रीलंका, वेष्ट इन्डिज र अफगानिस्तान छन् । आयरल्याण्ड र जिम्बाब्बे क्रमशः ११औँ र १२औँ स्थानमा छ । १३औँ नेदरल्याण्ड र १४औँ मा स्कटल्याण्ड छन् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411