सेलपेले बैंक खाता लिंक बापत १०० रुपैंया दिने

शुक्रबार, कार्तिक ८, २०७६ साल,
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकमको सेलपे सेवाले आजबाट स्टल एक्टिभेसन सरु गरेको छ । यो एक्टिभेसन कार्यक्रम सिभिल महलमा कार्तिक ८ गते शुक्रबारका दिन र लविम महलमा कर्तिक ९ गने शनिबारका दिन १० बजे देखि ५ बजे सम्म हुनेछ ।

यस एक्टिभेसनको मुल उदेश्य ग्राहकहरुसंग अन्तर्क्रिया बढाउन र सेलपे एप्पको बारे यसको प्रयोग र फाइदाहरुको बिस्तारमा जानकारी उपलव्ध गराउने रहेका कम्पनीले जनाएको छ । एक्टिभेसनको समयमा सेलपेले स्पट केवाइसि प्रमाणिकरण सेवा प्रदान गर्नुका साथै पहिलो बैंक खाता लिंक भए पश्चात रु १०० को फ्रि टपअप प्रदान गर्नेछ ।

सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो । सेलपेका अन्य विशेषताहरु यस प्रकार रहेको छ
  •     बिना वालेट कारोबार गर्न सकिने
  •     बास्तविक समयमा भुक्तानि २४सै घण्टा उपलव्ध
  •     चलाउनका लागि सरल र सहज
  •     सुरक्षित
  •     न्युन सेवा शुल्क
  •     कारोबार गरे वापत लोयाल्टि पोइन्टस

सेलपे द्धारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईण्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर गर्न सकिन्छ । यस सेवा मार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणाली मार्फत सम्पन्न हुनेछ र सेलपे सेवासंग आवद्ध भएका बैंकहरुका ग्राहकहरुले सहज रुपमा यो सेवा लिन सक्नेछन् । सेलपे सेवा गुगल प्लेस्टोर तथा एप्पल एप्पस्टोरमा उपलब्ध छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411