राष्ट्र बैंकमा ठुलो संख्यामा माग्यो कर्मचारी, प्लस टु पासलाई पनि जागिर खाने अवसर

शुक्रबार, कार्तिक ८, २०७६ साल,
काठमाडौं । नेपाल राष्ट्र बैंकमा ठूलो संख्यामा कर्मचारीको अभाव भएको छ । केन्द्रीय बैंकले विभिन्न पदमा गरि एकैपटक कूल ६७ जना जनशक्ति माग गरेको छ ।

राष्ट्र बैंकको जनशक्ति व्यबस्थापन विभागले बिहीवार एक सूचना प्रकाशित गरी सहायक निर्देशक पदमा अधिकृत तृतीय श्रेणीतर्फ प्रशासन सेवामा ३६ जना, सहायक पदमा सहायक द्वितीय श्रेणीतर्फ प्रशासन सेवामा ३१ जना गरी कूल ६७ जनाको लागि दरखास्त आह्वान गरेको हो ।

अनलाइन दरखास्त फाराम कार्तिक ७ गतेदेखि कार्तिक २८ गतेसम्म अनलार्इन आवेदन बुझाउन सकिने राष्ट्र बैंकले जनाएको छ । दोब्बर दस्तुर तिरेर मंसिर ५ गतेसम्म बुझाउन सकिने केन्द्रीय बैंकले जनाएको छ ।

आवेदन गर्न राष्ट्र बैंकको वेभसाइट www.nrb.org.np मा गएर Career @ NRB   भित्र गर्इ त्यहाँ राखिएको निर्देशन अनुसार भर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

सहायक निर्देशक पदका लागि अर्थशास्त्र, वा व्यवस्थापन वा बाणिज्यशास्त्र, वा जनप्रशासन विषयमा स्नातकोत्तर सरह परिक्षा उतिर्ण गरेको हुनुपर्नेछ । सहायक प्रशासन पदका लागि दश जोड दुई वा सो सरहको परिक्षा उत्तिर्ण हुनुपर्ने मापदण्ड छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411