सिद्धार्थ बैंकको १८ औं वार्षिक साधारणसभा सम्पन्न

बिहीवार, कार्तिक ७, २०७६ साल,
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको १८ औं वार्षिक साधारण सभा बिहीबार काठमाडौंमा सम्पन्न भएको छ । बैंकका अध्यक्ष मनोज कुमार केडियाको अध्यक्षतामा सभा सम्पन्न भएको हो ।

साधारण सभाले बैंकको चुक्ता पूँजी रु। आठ अर्ब ८८ करोड ७६ लाख चार हजार ५४० को १० प्रतिशत बराबरको ८८ करोड ८७ लाख ६० हजार ४५४ बोनस शेयर तथा १५.२६ प्रतिशत बराबरको रु एक अर्ब ३५ करोड ६५ लाख २९ हजार ११४ नगद लाभांश प्रदान गर्ने लगायतका प्रस्ताव पारित गरेको बैंकले जानकारी दिएको छ ।

२०७६ असोज मसान्तसम्ममा बैंकले १२४ अर्ब निक्षेप संकलन गरेको छ भने रु ११३ अर्ब कर्जा लगानी गरेको जनाइएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411