शेयर बजार सुस्ताउदै नेप्से ३.२५ अंकले र कारोबार डेढ करोड बढीले गीरावट

बिहीवार, आषाढ ३, २०७२ साल,
काठमाडौं । शेयर बजार परिसूचक नेप्से विहीबार  नेप्से ३.२५ अंकले घटेर ९२४.६० अंकमा झरेको छ भने कारोबार समेत अघिल्लो दिनको तुलनामा डेढ करोड बढीले घटेको छ । 

साताको पहिलो दिन आईतबार करिब दश अकंले घटेर भोलिपल्ट केही उकासीएको नेप्से यो सातापनि उकासीन सकेन । शेयर बजारमा १ सय २१ कप्पनीका ४७ लाख ४ हजार ६८८ कित्ता शेयर १ हजार १ सय ८७ कारोबारबाट १६ करोड ३२ लाख रुपैया बराबरमा खरिदबिक्री भएका छन । बुधबार नेप्सेमा १७ करोड ८७ लाख रुपैया बराबरको शेयर किनबेच भएको थियो ।
 
जलविद्यूत र होटल समुहका बाहेक अन्य बाकी सबै समुहका परिसुचक नकरात्मक भएपछि नेप्से समेत ओरालो लागेको हो । साताको अन्तिम दिनको कारोबारमा सहारा विकास बैकका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन भने प्रुडेनशियल फाईनान्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन । विहीबारको कारोबारमा एक करोड भन्दा बढीको शेयर किनबेच हुने कम्पनीहरु तीनवटा मात्र हुनु ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411