भाइटीकाको भोलिपल्ट सरकारले दियो सार्वजनिक बिदा

बिहीवार, कार्तिक ७, २०७६ साल,
काठमाडौं । सरकारले भाइटीकाको भोलिपल्ट किजा पूजाका लागि कात्तिक १३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्दै बिहीवार सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सार्वजनिक बिदाबारे जानकारी दिएका हुन् ।

नेवारी समुदायको भाइटीका कात्तिक १३ गते पर्ने भन्दै बिदा माग भएबमोजिम सरकारले बिदा दिने निर्णय गरेको हो । बिदा माग गर्दै नेवार समुदायको प्रतिनिधिमण्डलले कात्तिक ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको थियो ।

पञ्चाङ्ग निर्णायक समितिले भने तिहारका लागि कात्तिक १०, ११ र १२ गते बिदा दिन सरकारलाई सुझाव दिएको थियो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411