बैंकबाट ऋण लिनेलाई खुसीको खबर, ब्याजदर घट्यो

बुद्धबार, कार्तिक ६, २०७६ साल,
काठमाडौं । तपाईं बैंकबाट ऋण लिने तयारीमा हुनुहुन्छ ? हुनुहुन्छ भने तपाईंका लागि खुसीको खबर छ । ऋणको ब्याजदर घटेको छ । बैंकहरुको आधार दर घटेसँगै ऋणको ब्याजदर पनि घटेको हो ।

बैंकहरुमा तरलता अभावको समस्या कायमै भएपनि ब्याजदर भने ०.५ प्रतिशतले घटेको हो । राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको भदौमा बैंकहरुको आधार ब्याजदर बेस रेट गत आर्थिक वर्षको भदौको भन्दा ०.५ प्रतिशतले घटेर ९.५३ प्रतिशतमा झरेको छ । गत अर्थिक वर्षको भदौ महिनामा बैंकहरुको बेस रेट १०.०३ प्रतिशत थियो ।

बेस रेट घटेसँगै बैंकहरुको औषत ऋणको ब्याजदर गत वर्षको भदौमा १२.३१ प्रतिशत रहेकोमा यो भदौमा घटेर ११।९७ प्रतिशतमा झरेको राष्ट्र बैंकले जनाएको छ ।

चालू आर्थिक वर्षकै साउन महिनामा ऋणको औषत ब्याजदर १२.०८ प्रतिशत थियो । साउन महिनाको तुलनामा भदौ महिनामा ०.११ प्रतिशतले घटेको हो ।

ट्रेजरी बिलको ब्याजदर पनि घटेको छ । २०७५ भदौमा ९१(दिने ट्रेजरी विल्सको भारित औषत ब्याजदर २.७४ प्रतिशत रहेकोमा २०७६ भदौमा २.७३ प्रतिशत कायम भएको छ । वाणिज्य बैंकहरुबीचको अन्तर(बैंक कारोबारको भारित औषत ब्याजदर २०७५ भदौको १.६८ प्रतिशतको तुलनामा २०७६ भदौमा १.६९ प्रतिशत कायम भएको छ ।

बैंकहरुले निक्षेपमा तिर्ने ब्याज दर भने बढेको छ। गत वर्षको भदौसम्म निक्षेपको औषत ब्याज ६.३ प्रतिशत थियो भने यो भदौमा बढेर बढेर ६.८ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ । निक्षेपको ब्याजदर बढ्दा आम निक्षेपकर्तालाई फाइदा भएको छ भने कर्जाको ब्याजदर बढ्दा बैंकबाट कर्जा लिनेहरुलाई पनि फाइदा भएको छ । तर, अझै पनि बैंकहरु तरलता अभावको मारमा रहेकाले सहजै कर्जा पाउन भने मुस्किल छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411