१० लाख युरोको एउटै नोट लिएर हिँड्ने पाँच जना पक्राउ

सोमबार, कार्तिक ४, २०७६ साल,
काठमाडौं । प्रहरीले अवैध विदेशी मुद्रासहित पाँच जनालाई नियन्त्रणमा लिएको छ। प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले शनिवार दिउँसो रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर २ सरौलीबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरुमा रुपन्देही सैनामैना नगरपालिका घर भएका ४५ वर्षीया मिना सुनार, २७ वर्षीय रमेश सुनार, गुल्मी धुर्कोट गाउँपालिकाका २४ वर्षीय राजु सुनार, नवलपरासी बर्दघाट सुस्ता पश्चिम बर्दघाटका ३० वर्षीय  कमल सुनार, स्याङ्जा गल्याङ नगरपालिका–२ बस्ने ३१ वर्षीय गणेश सुनार रहेका छन्।

प्रहरीले उनीहरुको साथबाट  One million Euro लेखेको त्रिभुजाकार धातु एक थान बरामद गरेको छ। घटनाको थप अनुसन्धान भइरुहेको प्रहरीले जानकारी दिएको छ। प्रहरीले नोट परिक्षणको लागि नेपाल राष्ट्र बैकमा पठाएको छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411