नक्कली नोट छाप्ने मेसिनसहित ३ जना पक्राउ

सोमबार, कार्तिक ४, २०७६ साल,
काठमाडौँ। प्रहरीले नक्कली नेपाली रुपैयाँ छाप्ने तीन जनालाई नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी वृत बौद्धको टोलीले नयाँबस्तीबाट तीन जनालाई नियन्त्रणमा लिएको हो।

प्रहरीले दोलखा मेलुङ गाउँपालिकाका राजन परियार, सन्तोष नेपाली र महेन्द्र नेपालीलाई नियन्त्रणमा लिएको डिएसपी रमेश सिंहले जानकारी दिए।

उनीहरुले फ्याल्ट नै भाडामा लिएर नक्कली नोटको कारखाना बनाएको खुलेको छ। उनीहरुको साथबाट प्रहरीले एक हजारको ३४ वटा नक्कली नोट, नोट बनाउन तयार पारिएको करिव २ सय ९० वटा कागज, रंगीन फोटोकपी मेसिनसहित अन्य सामाग्री बरामद गरेको छ।

उनीहरुले नक्कली नोट बनाउँदै बजारमा पुर्‍याउने गरेको देखियो। थप अनुसन्धान भइरहेको छ डिएसपी सिंहले भने।

प्रहरीको प्रारम्भिक बयानमा उनीहरुले अहिलेसम्म ६० हजार रुपैयाँ बराबरको नक्कली नोट बजारमा पुर्‍याइसकेको बताएका छन्। प्रहरीले नोटको कारोबार गर्दा सतर्क हुन पनि सबैलाई आग्रह गरेको छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411