सांसद पार्वत गुरुङका नाममा पक्राउ पूर्जी जारी भएको खुलासा

बुद्धबार, असोज २९, २०७६ साल,
काठमाडौं । एकपछि अर्को सांसद पक्राउ परिरहेका बेला नेकपा सांसद पार्वत गुरुङका नाममा पक्राउ पूर्जी जारी भएको खुलासा भएको छ ।

जिल्ला अदालत काठमाडौंबाट गुरुङका नाममा म्याद तामेल गर्न दोलखा पत्र पुगिसकेको पुष्टि भएको हो । गुरुङ दोलखाबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

गत वैशाख अन्तिम साताको घटना भएपनि ढिला गरी सार्वजनिक भएको हो । सांसद गुरुङमाथि ज्यान मार्ने उद्योग गरेको आरोपसहित प्रहरीमा उजुरी परेको छ ।

काठमाडौं जिल्ला अदालतको पत्र दोलखा जिल्ला अदालतमा पुगी म्याद समेत तामेल भइसकेको छ ।

स्रोतका अनुसार सांसद गुरुङका अलावा मिनबहादुर तामाङ, कारसाङ भनिने कर्ण तामाङ, उर्मिला धामी, जीवन तामाङ, सागर तामाङ र सविन तामाङ लाई प्रतिवादी बनाइएको छ ।

जिल्ला अदालत काठमाडौंका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले पार्वत गुरुङ भन्ने व्यक्तिका नाममा म्याद तामेल भएको पुष्टि गरे ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411