राष्ट्रपति भण्डारीद्वारा शितल निवासबाट एयरपोर्ट जान हेलिकोप्टर प्रयोग

बुद्धबार, असोज २९, २०७६ साल,
काठमाडौं । म्यानमारको राजकीय भ्रमणमा जाने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी शितल निवासबाट हेलिकोप्टर चढेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेकी छन् ।

राष्ट्रपति सडक मार्ग भएर विदेश भ्रमणमा जाँदा हुने चर्को जामका कारण आलोचित हुन पुगेपछि उनले विमानस्थल पुग्न पनि हेलिकोप्टर प्रयोग गरेकी हुन् । उनी म्यानमारमा पाँच दिने राजकीय भ्रमणका लागि त्यसतर्फ जान लागेकी हुन् ।

म्यानमारका राष्ट्रपति यु विन मिन्टको निमन्त्रणामा म्यानमार जान लागेकी उनले राष्ट्रपति मिन्टसँग दुई पक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । उनले स्टेट काउन्सिलर आङ साङ सुचीसँग भेटवार्ता गर्ने भएकी छन् । राष्ट्रपति भण्डारीसँगै परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली र परराष्ट्र सचिव पनि त्यसतर्फ जान लागेका छन् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411