क्यानको निलम्बन फुकुवा गरेको भोलिपल्ट नै पारसको कप्तानबाट राजिनामा घोषणा

मंगलवार, असोज २८, २०७६ साल,

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले राजिनामा दिएका छन् । खड्काले कप्तानबाट राजिनामा दिएका हुन् ।

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले नेपाल क्रिकेट संघ क्यानको निलम्बन फुकुवा गरेको भोलिपल्ट नै पारसले राजिनामा दिएका हुन् । निलम्बन फुकुवा भएकोमा खुसि व्यक्त गर्दै पारसले निर्वाचनबाट चयन भएको नयाँ कमिटिलाई शुभकामना समेत दिएका छन् ।

उनले भनेका छन् अब नयाँ तरिकाबाट काम गर्नु पर्छ, त्यसको लागि ताजा सुरुवात स्पष्ट लक्ष्य चाहिन्छु । उनले आफुलाई सहयोग गर्ने सम्पूर्णमा धन्यवाद समेत दिएका छन् ।

खड्का नेपाली टिमका सर्वाधिक सफल कप्तान हुन् । उनकै नेतृत्वमा नेपालले टी ट्वान्टी विश्वकप खेलको थियो भने एक दिवसीय मान्यता पनि पाएको थियो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411