अमेरिकालाई पछि पार्दै सिंगापूर बन्यो विश्वको सबैभन्दा प्रतिस्पर्धी अर्थतन्त्र

मंगलवार, असोज २८, २०७६ साल,
एजेन्सी । सिंगापूरले विश्वको सबैभन्दा प्रतिस्पर्धी अर्थतन्त्रमा अमेरिकालाई हराउँदै शीर्ष स्थान हासिल गरेको छ । बुधबार प्रकाशित वार्षिक ‘कम्पिटिटिभनेस’ रिपोर्टमा यसले अर्थप्रणाली, आर्थिक स्थिरता, आधारभूत संरचना, पारिश्रमिक बजार र नवीन क्षमताका आधारमा अमेरिकालाई पछि पारेको हो । यसरी विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रलाई सिंगापूरले एक स्थान तल झारेको छ र वित्तीय प्रणालीमा अग्र स्कोर प्राप्त गरेको हो ।

अमेरिका र चीनबीचको व्यापार युद्धकै कारण सिंगापूरसहित भियतनामले पनि आर्थिक वृद्धिविकासको क्षेत्रमा राम्रो प्रदर्शन गरेको बताइएको छ । रिपोर्टमा पनि ग्लोबल आर्थिक तनावका बीच यी दुई एसियाली अर्थतन्त्रले मनग्य फाइदा उठाएको उल्लेख गरिएको छ । १३७ राष्ट्रहरुमा गत वर्ष ६७ औँ स्थानमा रहेको भियतनाम यसवर्ष शीर्ष १० मा पर्न सफल भएको हो ।

भियतनामबाट अमेरिकी आयात मात्र वर्षका केही सुरुवाती महिनामै ३६ प्रतिशतले वृद्धि भएको हो । थुप्रै कम्पनीहरुले चीनमा निर्माण वस्तुहरुलाई अमेरिकी ट्यारिफबाट बचाउन भियतनाम  लगायत अन्य दक्षिण एसियाली मुलुकमा स्थानान्तरण गराएकाले पनि यस्तो भएको हो ।

तापनि सिंगापूरका लागि व्यापार युद्ध पूर्ण रुपमा फाइदाजनक भने रहेन किनकी सिंगापूर निर्यातमा पूर्ण निर्भर छ भने चीन उसको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो ।

यस्तोमा यो वर्षको दोस्रो क्वाटरमा सिंगापूरको आर्थिक गतिविधिमा केही गिरावट आएको पाइएको थियो । २००९ को विश्व आर्थिक संकटपछि सिंगापूर दोस्रो सबैभन्दा कमजोर प्रदर्शनीतर्फ पुग्न सक्ने बताइएको छ ।

त्यस्तै शिर्ष पाँचमा आफ्नो स्थान कायम गर्ने अन्य मुलुकहरुमा नेदरल्यान्ड, हङकङ, स्वीट्जरल्यान्ड परेका छन् । लगातारको राजनीतिक संकटका बावजुद हङकङ अघिल्लो वर्षको भन्दा चार स्थान माथि आएको हो ।

तापनि भूराजनीतिक तनावले विश्वभरको अर्थतन्त्रलाई अनिश्चिततातर्फ लगिरहेको डब्लुइएफको रिर्पोटले चेतावनी दिएको छ । रिपोर्टमा भनिएको छ, “यसले लगानीमा रोकावट ल्याउनुका साथै आपूर्ति कम हुने खतरा पनि बढाउँछ जसले विश्वव्यापी रुपमा प्रभाव पार्न सक्छ र अचानक मूल्य बढ्नुका साथै प्रमुख श्रोतको उपलब्धतामा पनि बाधा पुग्नेछ । ” सीएनएन

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411