के बन्लान डा. भगवान कोइराला त्रिविको उपकुलपति ? उनिसहित तीन जनाको नाम सिफारिश

शुक्रबार, असोज १७, २०७६ साल,
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि डा भगवान कोइरालासहित तीन जनाको नाम सिफारिश गरिएको छ ।

त्रिभुवन विश्वविद्यालयको १९ औं उपकुलपति चयन गर्नका लागि गठित सिफारिश समितिले पहिलो नम्बरमै डा। भगवान कोइरालाको नाम सिफारिश गरेको स्रोतले जनाएको हो ।

दोस्रो नम्बरमा डा धर्मकान्त बास्कोटा र तेस्रोमा चन्द्रमणि पौडेलको नाम सिफारिश गरेको छ । समितिले हाल निमित्त उपकुलपति रहेकी प्राडा सुधा त्रिपाठीको नाम भने सिफारिश गरेन ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा कोइराला त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कार्यकारी निर्देशकसमेत रहिसकेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले नै डा। कोइरालालाई त्रिविको उपकुलपति बन्न प्रस्ताव गरेको समाचार यसअघि नै पनि सार्वजनिक भएका थिए ।

डा बाँस्कोटाले नेपाल मेडिकल काउन्सिलको अध्यक्षबाट हालै अवकाश पाएका थिए भने डा पौडेल त्रिविका पूर्वरजिष्ट्रार हुन् । डा बाँस्कोटा नाक कान घाँटी रोगका विशेषज्ञ हुन् । तथ्यांकशास्त्रका प्राध्यापक उनलाई सरकारले २०७४ सालमा राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।

तत्कालीन उपकुलपति डा तीर्थ खनियाको कार्यकाल सकिनुअघि नै सरकारले नयाँ उपकुलपतिका लागि नाम सिफारिस गर्न सहकुलपति एवं शिक्षामन्त्री गिरिराजमणि पोख्रेलको नेतृत्वमा साउन २० मा समिति गठन गरेको थियो ।  सिफारिश नाम शिक्षा मन्त्रीले हिजो प्रधानमन्त्रीलाई बुझाएका हुन् ।

समितिले समयमै नाम सिफारिश गर्न नसक्दा दुई महिनादेखि सुधा त्रिपाठी निमित्त उपकुलपतिका रुपमा कार्यरत छिन् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411