एनसेलको ‘अनलिमिटेड रोमिङ डेटा प्याक’

बिहीवार, असोज १६, २०७६ साल,
काठमाडौंं । एनसेलका ग्राहकले अब विभिन्न १० देशहरुको भ्रमणमा रहँदा बिना कुनै झन्झट सुलभ दरमा डेटा रोमिङ सेवाको फाइदा लिन सक्नेछन् । एनसेल प्रालिले आफ्नो आकर्षक ‘अनलिमिटेड रोमिङ डेटा प्याक’ योजनामा बिहिबारबाट कतार, संयुक्त अरब इमिरेट्स र अमेरिका पनि समावेश गर्ने भएको छ ।  

योसँगै अब भारत, मलेसिया, अमेरिका, कतार, संयुक्त अरब इमिरेट्स, सिंगापुर, श्रीलंका, बंगलादेश, कम्बोडिया र इण्डोनेसियाको भ्रमणमा जाने ग्राहकहरुका लागि अनलिमिटेड रोमिङ डेटा प्याक उपलब्ध हुनेछ । यस अफर अन्तर्गत एनसेलका  प्रिपेड तथा पोस्पेड ग्राहकले यी देशहरुको भ्रमणमा रहँदा हरेक दिन १२७.६९ रुपैयाँमा अनलिमिटेड रोमिङ डेटा सेवाको फाइदा लिन सक्नेछन् ।

यो सेवाबाट लाभ लिन एनसेलका ग्राहकले आफू यात्रामा जानुअघि एस्ट्रिक्स १७१२९ह्यास डायल गरि निर्देशन अनुसार यो रोमिङ सेवा सुचारु गर्न सकिनेछ । रोमिङ सेवा सुचारु गरी सकेपछि पुनः एस्ट्रिक्स१७१२९ह्यास डायल गरी ग्राहकले यो डेटा प्याक लिन सक्छन् ।

यो योजनाले ग्राहकलाई भ्रमणमा रहँदा सुलभ दरमा अनलिमिटेड इन्टरनेट सेवा सुनिश्चित गरी आफ्ना परिवारका सदस्य, साथीभाइसँग सम्पर्कमा रहिरहन सहयोग पुर्याउने विश्वास एनसेलले लिएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411