अमेरिकी डीभी आवेदन खुल्यो, भर्ने नियम परिवर्तन, यसरी भर्न सकिन्छ

बुद्धबार, असोज १५, २०७६ साल,
काठमाडौं । संयुक्त राज्य अमेरिकाले डाइभर्सिटी भिसा डीभी० २०२१ का लागि आवेदन खुल्ला गरेको छ। नेपालस्थित अमेरिकी दूतावासका अनुसार २०१९ अक्टोबर २ देखी नोभेम्बर ५ सम्म अनलाइनमार्फत आवेदन दिन सकिनेछ ।

यसपटक अमेरिकाले डिभी भर्नका लागि पासपोर्ट नम्बर चाहिने नयाँ व्यवस्था गरेको छ। साथै जारी गरिएको देश र पासपोर्टको म्याद अवधि पनि उल्लेख गर्नु पर्नेछ।

सन् २०२१ को डाइभर्सिटी भिसा चिट्ठाका लागि आवेदकहरूले दर्ता अवधिमा https://www.dvlottery.state.gov/  मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा ई-डिभी आवेदन फारम भर्नु पर्नेछ ।

डिभीमार्फत यस वर्ष ५५ हजारका लागि भिसा उपलब्ध गराउने सूचनामा जनाइएको छ।  दूताबासले डिभी आवेदन भर्दा कुनै शुल्क नलाग्ने जनाएको छ ।

आवेदन दर्ता गर्दा पतिरपत्नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचिकृत गर्नु अनिवार्य गरिएको छ। तर योग्यता नपुग्ने पति पत्नी तथा सन्तानको विवरणले भने आवदन नै अयोग्य हुने नयाँ व्यवस्था गरिएको दुतावासले जनाएको छ।

डीभीको अनलाईन आवेदन भरेपछि आफ्नो कन्फर्मेसन नम्बर सुरक्षित राख्नु पर्नेछ। यही नम्बरका आधारमा डीभीका लागि छनोट भए नभएको हेर्न सकिनेछ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411