मन्त्री, सांसद र स्वकिय सचिवलाई ४ करोड दशैंभत्ता बाँडदै सरकार

मंगलवार, असोज १४, २०७६ साल,
काठमाडौं । भदौ ३१ मा बसेको मन्त्रिपरिषदको बैठकले उपप्रधान मन्त्री, मन्त्री राज्यमन्त्री, सांसद तथा उनीहरुको स्वकिय र सहयोगीको लागि भन्दै ३ करोड ७० लाख ७६ हजार १६० रुपैयाँ भत्ता दिने निर्णय गरेको छ ।

बैठकले २ उपप्रधानमन्त्री, १९ जना मन्त्री र ३ जना राज्य मन्त्री तथा संघीय संसदका सभामुख र राष्ट्रिय सभाका अध्यक्ष सहित ३१० जना सांसद तथा उनीहरुको प्रेस संयोजक, स्वकिय सचिव र सचिवालयमा आधिकारीक कार्यरत कर्मचारीलाई भत्तास्वरुप उक्त रकम दिने निर्णय भएको स्रोतले जनाएको छ ।

उपप्रधानमन्त्रीले ७५ हजार ६ सय ४० रुपैयाँ, मन्त्रीले ७० हजार ७ सय ३० र राज्य मन्त्रीले ६७ हजार ३० रुपैयाँ पाउने छन् । यता अर्थमन्त्री डा युवराज खतिवडाले दोहोरो सुविधा नलिने घोषणा नै गरेका छन् । राष्ट्र बैंकका गभर्नरसमेत रहेका डा युवराज खतिवडा पूर्वकार्यकारी निर्देशक हुन् ।

खतिवडा मन्त्री खतिवडाले राष्ट्र बैंकबाट पाउने ४५ हजार रुपैयाँ पेन्सन कटाएर २५ हजार ७३० रुपैयाँ पाउने छन् । यसअघि मन्त्रीहरुको तलब ६० हजार ९७० रुपैयाँ रहेकोमा भदौ ३१ को निर्णयले तलब सुविधामा हेरफेर भएको बताइएको छ ।

स्रोतका अनुसार सभामुख, उपसभामुख, अध्यक्ष र उपाध्यक्षका सल्लाहकारसहित स्वकिय सचिव कर्मचारीको भत्ता बापत ७ लाख ५३ हजार ५ सय रुपैयाँ पाउने भएका छन् ।

यस्तै सांसदका स्वकिय सचिवको दशैं भत्ताको लागि १ करोड २० लाख ९६ हजार ३५० रुपैयाँ पाउने भएका छन् । दशैंको समयमा सचिवालयका कर्मचारीहरुले पनि भत्ता पाएपछि काम गर्न झनै मनोबल भएको एक सदस्यले बताए ।

सभामुखले मंगलबार पदबाट राजीनामा दिएका छन् । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री प्रतिनिधि सभाको सभामुख, उप सभामुख, राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षको भने उक्त बैंठकले तलब भत्ता बढाइएको छैन् । कति तलब बढाउने भन्ने विषयमा छलफल गर्नको लागि समिति गठन भएको बताइएको छ । सांसदहरुले दशैं भत्ता लिन थालिसकेका छन् ।

लोकप्रिय समाचार

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411