पहिलो पटक मन्त्री र सांसद्लाई दशैं भत्ता, मासिक तलब पनि बढ्यो,

सोमबार, असोज १३, २०७६ साल,
काठमाडौं । नेकपा अध्यक्ष केपी शर्मा ओली सरकारले पहिलो पटक मन्त्री तथा सांसद्हरुलाई दशैं भत्ता दिने निर्णय गरेको छ यसअघि निर्वाचित प्रतिनिधि तथा मन्त्रीहरुले दशैं भत्ता नलिने व्यवस्था थियो ।

सरकारले भदौं ३१ गते मन्त्रीपरिषद्को बैठकले  पप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री, प्रतिनिधिसभाका उपसभामुख, राष्ट्रियसभाका उपाध्यक्ष, संघीय संसद्का सदस्य तथा मन्त्री तथा सांसद्को सचिवालयमा कार्यरत कर्मचारीले दशैं खर्च बराबर एक महिनाको तलब पाउने भएका छन् ।

सरकारले तलब बढाउने र दशैं खर्च दिने निर्णय भने औपचारिक रुपमा सार्वजनिक गरेको छैन । सरकारले साउन १ देखि नै लागु हुने गरेर उपप्रधानमन्त्रीको तलब १६.०१ प्रतिशतले बढाएको छ ।

अहिलेको सरकारमा दुईजना उपप्रधानमन्त्री रहेका छन् । इश्वर पोखरेल र उपेन्द्र यादवको मासिक तलब अब ७५ हजार ६४० रुपैयाँ भएको छ । यस्तै मन्त्रीको तलब १६ प्रतिशतले बढेको छ । मन्त्रीले अब मासिक ७० हजार ७३० रुपैयाँ तलब प्राप्त गर्छन् ।

सरकारले अहिलेसम्म राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री तथा प्रतिनिधिसभाका समामुख र राष्ट्रियसभाका अध्यक्षको तलब भने बढाएको छैन । यसको लागि समिति गठन भएको छ ।

अहिले राष्ट्रपतिको मासिक तलब १ लाख ५० हजार रुपैयाँ रहेको छ । उपराष्ट्रपतिको १ लाख ८ हजार तथा प्रधानमन्त्रीको ७७ हजार २८० रुपैयाँ रहेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411