उड्नासाथ टायर पड्कियो, ७६ जना यात्रु बोकेको विमान डेढ घण्टासम्म आकाशमै

सोमबार, असोज १३, २०७६ साल,
एजेन्सी । अस्ट्रेलियाको ब्रिसबेनमा एउटा विमानको आकस्मिक अवतरण गराइएको छ । विमानस्थलबाट उडान भर्नासाथ टायर पड्किएपछि विमानको आकस्मिक अवतरण गराइएको हो ।

अधिकारीहरुका अनुसार क्वान्टस एयरवेजको ‘क्युएफ २५१२’ विमान आइतबार ब्रिसबेनबाट उडान भरेको थियो । उडान भर्नासाथ पछिल्लो भागको बायाँतर्फको एउटा टायर पड्किएको थियो ।

टायर पड्किँदा विमानमा ठूलो आवाज आएपछि यात्रु डराएका थिए । लगत्तै पाइलटले टायर पड्किएको जानकारी दिँदै यात्रुलाई नआत्तिन आग्रह गरेका थिए ।

उनले एयर ट्राफिक कन्ट्रोललाई विमानको अवस्था जानकारी गराउँदै ब्रिसबेन विमानस्थलमै अवतरण गराउन चाहेको बताएका थिए । विमानका ६ मध्ये पाँचवटा टायरका भरमा अवतरण गराउन जोखिम हुने भएपछि करिब डेढ घण्टासम्म विमानस्थलभन्दा केही परको आकाशमा विमानले फन्को मार्दै इन्धन रित्याएको थियो ।

अवतरणका लागिमात्र चाहिने इन्धन बाँकी रहेपछि विमानलाई विमानस्थलमा ओरालिएको थियो । विमान सकुशल अवतरण गरेको बताइएको छ । उक्त विमानमा ७६ जना सवार थिए ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411